कलैया,बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले समाजको जिल्ला कार्यसमितिविस्तार गर्नुभएको छ । नागरिक समाज जिल्ला कार्यसमितिका अध्यक्ष दासले मंगलवार प्रेस विज्ञप्ति जारी गरी११ सदस्यीयजिल्ला कार्यसमिति विस्तार गरिएको जानकारी गराउनुभएको हो ।

अध्यक्ष दासले विस्तार गरेको कार्यसमिति सदस्यमा अधिवक्ता एकरामुल हक, बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, गोकुल घोरसाइने, एवम् सिकेन्द्र पासवान, समाजसेवी ईन्द्रासन मण्डल, अधिवक्ता समसुदिन हवारी, महिला अधिकारकर्मी सरस्वती खरेल, प्राध्यापकनिवेश तिमिल्सिना, मानव अधिकारकर्मी बविता जयसवाल र पूर्वप्रशासकलक्ष्मीप्रसाद चौधरी रहेका छन्।

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले जारी गरेको प्रेस विज्ञप्तिमा नागरिक समाजलाई जिल्लास्तरमा अझै क्रियाशील बनाउदै समाजप्रति नागरिक समाजको भूमिकालाई प्रभावकारी बनाउदै नागरिकमा विश्वास जागृत गराउन एवम् नागरिकको आधारभूत आवश्यकतालाई आत्मसात गर्दै संबिधानले दिएको मौलिक अधिकारलाई नागरिकमा प्रत्याभुत गराउनका लागि कार्यसमिति विस्तार गरेको जनाउनुभएको छ ।

Leave a Reply