निजगढ,निजगढको तामागढीबाट सिम्रौनगढ जोडिने हुलाकी सडक निर्माण सम्पन्न भएको तीन वर्ष पूरा भइसकेको छ तर सो सडक खण्डअन्तर्गत बाराको आदर्शकोतवाल गाँउपालिका– ५ मा पर्ने टेढाकट्टीमा भने २ किमी सडक क्षेत्र भने अझै पनि कालोपत्रे हुनसकेको छैन ।सडक नक्साकंंन गरिदा सो सडक टेढाकट्टी गाउँबाट पश्चिमी भागबाट दक्षिण हुदै सिम्रौनगढ पु¥याउने गरी योजना तयार पारिएको भएपनि राजनीतिक दवावमा उक्त रेखाङ्कन (एलाइन्मेट) परिवर्तन गरेर बस्तिभित्र सडक पारिएपछि स्थानीयले शुरुदेखि नै विरोध गर्दैआएका हुन । शुरुको रेखाङ्कन परिवर्तन गरेर बस्तिबाट सडक लैजान खोजिएपछि आफूहरुले विरोधमा सडक विस्तार र कालोपत्रे हुन नदिएको स्थानीय दिवेश सिंहले बताउनुभयो । ‘विकल्प हुदाँहुदै पनि बस्तिलाई नै उजाड पार्ने गरी सडक निर्माण गर्न खोजियो, सिंहले भन्नुभयो, गाउँलेको उठिबास लगाएर सडक निर्माण गर्नुको औचित्य छैन ।’बस्तीबाट नभई सडक पुरानै बाट लैजानुपर्ने आफूहरुको माग पूरा नभएपछि बस्तिभित्र सडक क्षेत्रमा परेका जग्गा धनीले जग्गा अधिग्रहण गर्न नदिएको उहाँले बतउनुभयो ।घना वस्तिसहितको उर्वर भूमीसमेत विनास हुने गरी हुलाकी राजमार्गको निर्माण थालनी गरिएपछि यस क्षेत्रका बासिन्दामा चिन्ता, चसो र सरोकार बढेको हो । टेढाकट्टीको पहिचान नै गुम्ने अवस्था उत्पन्न हुने देखिएकोले स्थानीयले यस क्षेत्रबाट निर्माण कार्य रोकेका हुन ।२०७७ चैत्र १७ गते सम्पन्न भएको उक्त मार्गबाट रौतहटको फतुुवा बिजयपुर, मौलापुर नगरपालिका, बाराको निजगढ, सिम्रौनगढ, कोल्हबी नगरपालिका र बारागढी, आदर्श कोतवाल गाउँपालिकालगायतका स्थानीय लाभान्वितभएका छन् ।सडकको विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटन क्षेत्रको विकास गरी तराई÷मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित नेपाल र भारत सरकारको सहयोगमा कुल ८६ करोडको लागतमा निर्माण गरिएको हो । जम्मा ३९.७५ किलोमिटर लम्बाई रहेको सो सड्क निर्माण पप्पु एण्ड जेबि कन्स्ट्रक्सनले गरेको थियो ।

Leave a Reply