वीरगञ्ज । हिन्दु समाज वीरगञ्जले सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाएर हिन्दु धर्मलाई निसाना बनाउदै गाली बेइज्जति तथा अश्लील शब्द प्रयोग गरि धार्मिक द्वन्द्व भड्काउने तत्वहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
वीरगञ्जमा विगत लामो समयदेखि शान्तिपूर्वक मिलेर बस्दै आएका हिन्दु र मुस्लिम समुदायबीच आपसी द्वन्द्व फैलाउने र सामाजिक सद्भाव बिथोल्न उद्देश्यले केही तत्व सामाजिक सञ्जालमा सक्रिय भएको भन्दै हिन्दु युवा सामजले चिन्ता व्यक्त गरेको छ ।

सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाउने, हिन्दु धर्मलाई निसाना गरि गाली बेइज्जति तथा अश्लील शब्द प्रयोग गरि धार्मिक द्वन्द्व भड्काउने कार्य हुदैआएकोमा त्यस्ता व्यक्तिको पहिचान गरि तुरुन्त कारबाही गर्न हिन्दु युवा समाजले जोडदार माग गरेको हो ।वर्षैदेखि आपसी भाइचाराका रुपमा बसेका हिन्दु र मुस्लिमबीचको सम्बन्ध बिगार्ने नियतले अहिले केही तत्वहरु सलबलाउन थालेको भन्दै प्रजिअ भुषाललाई ज्ञापनपत्र मार्फत हिन्दु युवा समाजले सचेत गरेको छ । समाजले अहिले ती व्यक्तिहरु खुलेआम घुमिरहेकोमा प्रहरी प्रशासनले तुरुन्त पक्राउ गरि कानुनी दायरमा ल्याउन आग्रह पनि गरेको छ ।

पटक पटक हिन्दुहरुलाई सामाजिक सन्जाल तथा प्रत्यक्ष रुपले गाली बेइज्जति गरेको प्रमाण जानकारी गराउदा समेत प्रहरी प्रशासनले कुनै कारबाही नगरेकोमा दुःख व्यक्त गरिएको छ ।
प्रहरी प्रशासनले यस्ता तत्वहरुलाई पहिचान गरि तुरुन्त कानुनी दायरमा नल्याए आउने दिनहरुमा अप्रिय घटना हुनसक्ने र त्यसको सम्पूर्ण जिम्मेवारी प्रहरी प्रशासनले नै लिनुपनें ज्ञापन पत्रमा उल्लेख गरिएको छ । पत्रमा सामाजिक सद्भाव बिथोल्न खोज्ने तत्वलाई तत्काल प्रशासनले कारबाही गर्न भनिएको छ ।नेपाललाई आफ्नो आमा नमान्ने केही देशद्रोही मुस्लिमहरु हिन्दुमाथि अनावश्यक आरोप लगाउने र सामाजमा बिद्रोह गराउन षड्यन्त्र गरिरहेकोमा उक्त प्रेस विज्ञप्तिमार्फत प्रशाशनको ध्यानाकर्षण गराउँन चाहन्छौं भनिएको छ ।

नेपाल एउटा हिन्दु राष्ट्र भएको तर अहिले हिन्दुहरुमाथि नै आक्रमण हुने र उनीहरू विस्थापित हुनुपर्ने अवस्था आएकोभन्दै विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ ।ज्ञापनपत्र बुझाउने क्रममा हिन्दु समाजका युवा राजा गुप्ता, सागर सरार्फ, श्याम रौनियार, सौरव पटेल, ओमप्रकाश गुप्ता, प्रज्वल डंगोल, विशाल गुप्ता, सोनु पटेल, कृष्ण चौरसिया, राजन साह, बिजय साह लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply