निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालय एसएलसी ब्याच ०४९ फाउण्डेशनले निजगढ ९ स्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।

विद्यालयमा शुक्रवार एक कार्यक्रमको आयोजना गरेर विद्यालयका १ सय ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री एक÷एक थान झोला वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थोकरको अध्यक्षतामा भएको सो कार्यक्रममा एसएलसी ब्याच ०४९ का विद्यार्थीहरु दिपक खडका, इन्द्रप्रसाद बञ्जरा, शंकर चिमोरिया, मोहन मैनाली, निजगढ ९ का वडा अध्यक्ष रामचन्द्र कटवाल, वडा सदस्य चित्रप्रसाद चौलगाई, बविता श्रेष्ठ, इन्द्रकुमारी विक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थोकरलगायतले विद्यार्थीहरुलाई झोला वितरण गरेका थिए ।

त्यसैगरी सोही कार्यक्रममा एसएलसी ब्याजका विद्यार्थीहरुले गौरीशंकर माध्यमिक विद्यालयका पूर्वशिक्षक नारायणप्रसाद लामिछानेलाई पनि सम्मानित गरिएको थियो । एसएलसी ब्याचका विद्यार्थीहरुले शिक्षक लामिछानेलाई सम्मान गरेका हुन । कार्यक्रममा वडा अध्यक्ष कटवाल, विद्यालयका प्रधानाध्यापक मनराज महतरा, पूर्वशिक्षक लामिछानेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply