सशस्त्र संघर्षबाट नेपाली राजनीतिमा उदाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रणनीति संसदीय अभ्यासमा निकै महत्वपूर्ण मानिने गरेको छ । २०६४ सालमा सम्पन्न भएको पहिलो संबिधान सभाको चुनावमा पहिलो पार्टी बन्न सफल भएको माओवादी गत आम चुनावमा भने घटेर तेश्रो पार्टी बन्न पुगेको थियो । माओवादीको यस्तै अवस्था रहेमा अब हुने निर्वाचनमा उसको पक्षमा राम्रो मत आउने संभावना कम छ ।

यो कुरा प्रचण्डले राम्रोसंग बुझेको देखिन्छ त्यही भएर हालै सम्पन्न राष्ट्रिय सभाको चुनावमा प्रचण्डले गज्जबको रणनीति बनाएको देखिन्छ र जसले माओवादीलाई निकै फाइदा भएको छ ।प्रतिनिधि सभामा तेश्रो दल बनेको माओवादी राष्ट्रिय सभामा भने पहिलो भएको छ । प्रचण्डको चलाखीका कारण पनि यो अवस्था सृजना भएको हो । प्रचण्ड अहिलेका लागि राजनीतिको खेलाडी नै मान्न सकिन्छ ।

मंगलवार मात्रै माओवादीले अब राष्ट्रिय सभाको अध्यक्षको दाबी गरिसकेको छ । राष्टिय सभाको ठूलो दल भएका नाताले आफूले अध्यक्ष पाउनुपर्ने माओवादीको भनाईमा उसैलाई ठूलो दल बनाउन लागेकाहरुको भूमिका र उनीहरुको भनाई के आउला त्यसका लागि त अझै केही दिन कुर्न पर्ला यद्यपि राष्ट्रिय सभाको चुनाव पनि नजिकिदै आइरहेकाले पनि अब यो विषय अझै पचिलो बन्नेछ तर माओवादीको च्याखे थाप्ने दाऊ भने गज्जबको छ ।

Leave a Reply