नेकपा एमाले कुनै समय मुलुकको ठूलो पार्टी नै थियो । यो पार्टी पनि बलिदानबाट नै स्थापना भएको पार्टीहो । हुनत नेपालमा रहेका सबै पार्टीहरु कुनै न कुनै हिसावले संघर्षबाट नै आएका छन् । यद्यपी पार्टीहरुले. जनताले भनेको जसरी काम नगरेका कारण भने बिकृति बढेको भन्दै दलहरुको चर्को आलोचना समेत हुने गरेको छ ।
नेकपाबाट फेरि एमाले भनेको पार्टी अहिले प्रतिपक्षमा छ । त्यसैले पनि उसका अगाडि बिभिन्न चुनौतीहरु छन् । त्यो चुनौती सामना गर्नका लागि सबै एक जुन हुन हावश्यक छ । त्यसो त बारामा पनि यो पार्टीले नयाा नेतृत्व पाएको छ । नयाँ नेतृत्व पाएसंगै एमाले बाराका नेताहरुको जिम्मेवारी पनि बढेको छ ।
त्यसैले पनि एमाले बाराका नयाँ नेतृत्व लिएका ब्यक्तिहरुले अब चलायनमान बनाउन आवश्यक छ । एमाले बारामा भएको असली अनुभूति गराउन पनि आवश्यक छ । एमाले बारामा बिगतको समयमा राम्रै थियो अहिले कमजोर छ । त्यसो त यो कुरा भनिरहदा एमाले भक्ति भएको आरोप पनि लाग्छ सक्छ तर सबै पार्टीको उन्नती होस् त बढी चुनौती एमालेमा छ भन्न मात्रै खोजिएको हो।