नरेश गुप्ता

बरियारपुर,लोकतान्त्रिक समाजवादी पार्टी सिम्रौनगढ नगर कमिटीले छठ बर्तालु महिलाहरुलाई पूजा सामग्री वितरण गरेको छ ।

लोसपा सिम्रौनगढ नगर कमिटी अध्यक्ष किशोरी साह कलवारले सिम्रौनगढ नगरभित्रका गरिव तथा असहाय छठ बर्तालु महिलाहरुलाई सारी, चिनी, तेल, गहु लगायतको सामग्री वितरण गरेको सिम्रौनगढ नगरपालिकाका वडा अध्यक्ष राजेश यादवले जानकारी दिनुभयो ।

छठ पूजा सामग्री वितरण भएपछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन । सामग्री वितरण कार्यक्रमको अवसरमा लोसपाको केन्द्रीय सद्स्य ड. कमरुलाह, सिम्रौनगढ नगरपालिका नगर कार्यपालिका सद्स्य प्रमानन्द मुखिया, वडा अध्यक्ष राजेश यादव, नेकपा माओवादीका शेख मुक्तिकलगायत लोसपा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here