काठमाण्डौ,बङ्गलादेशको ढाकामा चलिरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।बङ्गलादेशको ढाकामा मंगलवार भएको खेलमा नेपाल भारतसँग ४–० ले पराजित भएको हो । खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको नेपालले दोस्रो हाफमा ४ गोल खायो । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।भारत र बङ्गलादेशले प्रतियोगिताको फाइनल खेल्ने भएका छन् । भुटान यसअघि नै बाहिरिइसकेको थियो । नेपालले भुटानलाई हराएको थियो भने भारत र बङ्गलादेशसँग पराजित भयो । प्रतियोगिताको फाइनल खेल बिहीवार हुनेछ ।



















