आरके राजन

सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ रानिवासस्थित खेल मैदानमा सुरु भएको विशाल सुखद सत्संग सोमवार समापन भएको छ ।दुई दिनसम्म चलेको यो सुखद सत्सगको उद्धाटन सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारले आइतवार गर्नुभएको थियो ।नगर प्रमुख कलवारले ऐतिहासिक, पर्यटकीय एव पावन नगरी सिम्रौनगढमा अन्तर्राष्ट्रियस्तरका सन्त श्री असंग देव महाराजको आगमनले सम्पुर्ण सिम्रौनगढबासी खुसी भएको बताउनुभयो । सत्सगमा सन्त श्री असंग देव महाराज दिनुहुने प्रवचनबाट ज्ञान प्राप्त गरी जीवनमा उतार्न सकिए जीवन सफल हुने उहाँको भनाइ छ ।ओमशान्ति बाराकी प्रमुख मीना बहनले समाजमा आक्रमण गरेको मिथ्या विचार, अवगुण र छलकपटबाट मुक्त हुन यो सुखद सत्यसंले निश्चित सत्मार्ग प्रदान गर्ने र सबैको जीवन पुण्यवान हुने बताउनुभयो ।सनातन धर्म रक्षा मन्च सिम्रौनगढका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षता भएको सत्यसगमा सन्त श्रीअसंग देव महाराजाको प्रवचन श्रवण गर्न नेपाल र भारतका विभिन्न भागबाट श्रद्धालुहरु सहभागी बनेका छन ।

Leave a Reply