पुष्पराज खतिवडा
मनहर्वा,सरकारी उपेक्षाले नेपाल अपाङ्ग सेवा संघ बाराको व्यवस्थापनमा सिमरामा संचालित बाहिरा तथा सुस्त श्रवण र बौद्धिक अपाङ्ग श्रोत कक्षा संचालनमा समस्या भएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा संचालित एक मात्र श्रोत कक्षा सरकारी उपेक्षाका कारण प्रभावकारी बनाउन नसकिएको अपाङ्ग सेवा सँघ बाराले जनाएको छ ।

श्रोत कक्षा संचालनको लागि आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा समस्या भइरहेको अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेले गुनासो गर्नुभयो । श्रोत कक्षामा हाल ३५ जना बहिरा तथा सुस्त श्रवण र बौद्धिक अपागं अध्यायनरत छन् ।उनीहरुको रेखदेख र व्यवस्थापनका लागि आवश्यक दक्ष जनशक्ति छैनन् । अपाङ्ग बालबालिकामैत्री भौतिक संरचना, खेलकुद र मनोरञ्जका सामग्रीको उपलब्धता पनि नभएकोले बालबालिकको पठनपाठन र क्षमता विकासमा समस्या भएको बताइएको छ । ‘आवश्यक स्रोत साधन उपलब्ध गराउन स्थानीय निकाय र अन्य सरकारी निकायमा पटकपटक आग्रह गरिएपनि सुनुवाइ भएको छैन ।’

अध्यक्ष वाग्ले भन्नुभयो । ‘श्रोत कक्षा संचालनमा केहीलाई सहयोगीका रुपमा मासिक ६÷७ हजार रुपैंया तलब सुविधा दिएर काम चलाएका छौं, उहाँले भन्नुभयो, १० जना बहिरा बालबालिकाको लागि २ जना, ८ जना सुस्त श्रवणका लागि २ जना सहयोगी शिक्षकको आवश्यकता पर्छ ।’ तर यहाँ दुईजना शिक्षक र तीन जना सहयोगीको भरमा बालबालिको शिक्षा र अन्य व्यवस्थापन तथा रेखदेखको काम हुदैआएको उहाँले जानकारी दिनुभयो ।‘जनशक्ति अभावका कारण कक्षा व्यवस्थापन गर्न नसकिएकाले जिल्लामा थप बालबालिकालाई श्रोत कक्षा ल्याउन सकिएको छैन, अध्यक्ष वाग्लेले बताउनुभयो, सयौं अपाङ्ग बालबाहिलका अहिले पनि शिक्षाको उज्यालोबाट बन्चित बनेका छन ।’

जनशक्ति अभावमा श्रोत कक्षामा एकदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई सपाङ्गसगै पढाउनुपर्ने अवस्था छ । सपाङ्गसँगैको अध्ययनमा अपाङ्गहरुले सहज वातावरण नपाउने र बीचैमा पढाइ छोड्ने गरेको पनि अध्यक्ष वाग्ले जानकारी दिनुभयो । ‘जसका कारण अपागं बालबालिकाहरुको माध्यमिक तहको शिक्षा पुरा गर्न नपाउदै विद्यालय छोडनुपर्ने अवस्था छ ।’ उहाँले भन्नुभयो, अपागं बालबालिकाहरु माध्यमिक तह र उच्च शिक्षाको अवसरबाट बन्चित हुँदैआएका छन ।’
सिमरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले संचालन गरेको उक्त श्रोत कक्षा व्यवस्थित गर्न विद्यालयको तर्फबाट समेत धेरै प्रयास भएको तर राज्यले सहयोग नगर्दा समस्या भइरहेको बताइएको छ ।

समाजका सहयोगी मन, अभिभावक र केही संस्थाको सहयोगमा बालबालिकाको भरणपोषण चलिरहेको जनाइएको छ ।
२६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले विद्यालयमा सोमवार आयोजना गरेको खाद्यान्न तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा अध्यक्ष वाग्लले गुनासो सुनाउनुभएको हो ।चौतारीले बालबालिकाको लागि अपाङ्ग सेवा संघमार्फत कापी, कलम, ब्याडमिन्टन, विस्कुट तथा नगदसहित करिब ७५ हजार रुपैँयाको सामग्रीसहयोग गरेको थियो ।

Leave a Reply