राजन कुमार बानिया

पोखरिया,मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १२ वर्ष पुरा गरि १३ वर्षमा प्रवेश गरेको अवसरमा बिहीवार पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ मा रहेको प्रहरी चौकीलाई फर्निचर वितरण गरेको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लङ्गडी शाखा कार्यालयले बार्षिक दिवसको अवसरमा बिभिन कार्यक्रम गरि मनाइरहेको सुवर्णपुर शाखाका शाखा प्रमुख महमद मकसुद असारीले जनकारी दिनुभयो । मिर्मिरे लघुवित वित्तीय संस्थाले आयोजना गरेको फर्निचर वितरण कार्यक्रमको अध्यक्षता संस्थाका शाखा प्रमुख किरणकुमार परियारले गर्नुभएको थियो ।

यसका साथै कार्यक्रममा संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै संस्थाको उद्देश्य अनुरूप मुलुकको गरिबी निवारणमा अझ उत्कृष्ट योगदान गर्ने प्रतिवद्धता परियारले व्यक्त गर्नुभएको थियो ।

वडा अध्यक्ष अस्तदेवेन्द्र प्रसाद कुर्मीको प्रमुख अतिथ्यतामा भएको फर्निचर वितरण कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको महम्द मकसुद अंसारी, किरणकुमार परियार, फनिन्द्र साह, दिपेन्द्र चौधरी, रितेश चौहान, सुरेश महतो थारु, प्रहरी चौकी प्रमुख गगनदेव भगत माली तथा स्थानीयको सहभागिता रहेको थियो ।

Leave a Reply