रौतहट जिल्लाको सदरमुकाम गौरमा २०६३ साल चैत ७ गते एक मानवता विरोधी घटना भयो । राजनीतिक इगोका कारण गौरमा माओवादीका २८ जना कार्यकर्ताहरुको निर्मम तवरले हत्या गरिएको थियो ।तत्कालिन सरकारको योजनामा तत्कालिन मधेशी जनअधिकार फोरमको नाममा गौरमा नरसंहार मच्चाइएको हो र यसमा धेरै शंकागर्ने कुरै छैन । घटनामा विदेशी शक्तिको पनि हात रहेको बताइन्छ ।२०६८ सालतिर वीरगञ्जको तत्कालिन बिपी उद्यानमा आयोजित एक कार्यक्रममा तत्कालिन मधेशी जनअधिकार फोरमका नेता समेत रहेका जयप्रकाश गुप्ताले गौर हत्या काण्ड आफूहरुले मच्चाएको र माओवादीले निहुँ खोजे फेरि यस्ता घटना दोहोरिन सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति पनि दिएका थिए ।राजनीतिक अभिष्ट पूरा गर्नका लागि भएपनि लामो समयपछि गौर हत्याकाण्डमा संलग्नहरुमाथि कारबाहीको कुरा उठेको छ । त्यसो त यो कुरा पीडितलाई न्याय दिने गरी उठेको जस्तो त लाग्दैन तैपनि यसलाई भ्रमित बनाउनका लागि विभिन्न प्रपंचहरु भइरहेको देखिन्छ । खासगरी रौतहटका तत्कालिन माओवादी नेता प्र्रभु साहका बिरुद्धमा पनि कुरा उठेको देखिन्छ र हाल साहले नै यो विषयलाई निकै उठाउदै आएका पनि छन ।साह र ऊ बेलामा फोरमका नेताहरुले गौर हत्याकाण्डको कुरा उठाएर आफ्नो स्वार्थ पूर्ति गर्ने नियत राखेको हो भने यो पीडित परिवारका लागि झनै दुखद विषय हो ।माओवादीका अध्यक्ष प्रचण्डले त सोझा साझा नागरिकहरुलाई विभिन्न सपना देखाएर सत्ता स्वार्थका लागि जनयुद्धको प्रयोग गरेको अब पुष्टी नै भइसकेको छ नै अनि फेरि फोरमका नेता र प्र्रभु साहको जुगाको लडाईमा मानवता विरोधी गौर हत्याकाण्डलाई दिग्भ्रमित पार्ने कोसिस नगरियोस् ।

Leave a Reply