वीरगञ्ज,वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा वीरगञ्ज– पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग उद्योग संचालनको क्रममा भोग्नुपरेका समस्याहरुको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम सङ्घका उपाध्यक्ष तथा उद्योग समितिका सभापति मनोजकुमार दासको अध्यक्षतामा र सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी तथा प्रतिनिधिहरूले उद्योग क्षेत्रमा व्याप्त विविध समस्या, चुनौती र सम्भावित समाधानबारे धारणा राखेका थिए । उनीहरूले विशेष गरी विद्युत आपूर्ति, भौतिक पूर्वाधार, कर प्रणाली, श्रमिक व्यवस्थापन र औद्योगिक सुरक्षा लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । कार्यक्रमका अध्यक्ष मनोजकुमार दासले उद्योगीहरूको आवाजप्रति सङ्घ पूर्णरूपमा गम्भीर रहेको बताउँदै उठाइएका बुँदाहरू सम्बन्धित निकायहरूसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि हरिप्रसाद गौतमले उद्योग क्षेत्रको प्रवद्र्धनका लागि सङ्घ सदैव उद्योगीहरूको साथमा रहेकोभन्दै उद्योगीहरूको हकहित र समस्या समाधानमा सशक्त भूमिका निर्वाह गरिरहने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष अशोककुमार बैद्य, निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्षद्वय मनोजकुमार दास र आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद कलवार, कोषाध्यक्ष अनोज रुङटा, सचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष निरज अग्रवाल, तथा सहसचिवद्वय नरेशकुमार टिवडेवाल र अनुप अग्रवालको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply