कृष्णउदास खनाल
अजिरकोट(गोरखा),गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ स्थित काफलडाँडा सडकको स्तरउन्नतीको कार्य भइरहेको छ । गाउँपालिका तथा संघीय सरकारको समपुरकको १० करोडको लागतमा उक्त सडकको हाल स्तर उन्नतीको कार्य भइरहेको हो । १८ महिनाभित्र स्तर उन्तनीको काम सक्ने गरी काठमाडौंको एक निर्माण कम्पनीलाई जिम्मा दिइएको वडा अध्यक्ष बावुराम अधिकारीले जानकारी दिनुुभयो । १८ महिनापछि लगत्तै भच्चेक वडा नम्बर ३ काफडाँडा,देउराली सडकको पिचको काम शुरु गरिने पनि उहाँले जानकारी दिनुुभयो । ७ किलोमिटरको उक्त सडकखण्डमा पिच भएसंगै काँफलडाँडा सहित सोही वडाको बुद्धसिंह,तल्लो टार तथा माथिल्लो टार र छिमेकी जिल्ला लमजुंंगको दूधपोखरी गाउँपालिकाका स्थानीयहरुका लागि समेत अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक आवतजावतका लागि सहज हुुनेछ । सो खण्डकखण्डको शिलान्यास भने गत बैशाख ३ गते गृहमंत्री नारायणकाजी श्रेष्ठले गरेका थिए । भच्चेक अजिरकोट गाउँपालिकाको केन्द्र सहित सो क्षेत्रको एक ब्यापारिक स्थान हो ।


















