बिदुर खडका

डुमरवाना,हरेक वर्ष विभिन्न सामाजिक संघसंस्थाहरुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरेर जनचेतनामुलक कार्यक्रम गर्ने गरिएको भएता पनि त्यसको प्रभावकारिता भने देखिएको छैन ।

हिंसामा परेका महिलाहरुलाई न्याय दिनु पर्ने आवाजहरु बारंम्बार उठदै आएको भएपनि पीडितहरुले उचित समयमा न्याय नपाएको पीडितहरुको गुनासो रहेको पाइन्छ ।

यता, सिमरामा रहेको सिमरामहिला बचत तथा ऋण सहकारी संस्थाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा किशोरी आत्मारक्षा तालिम संञ्चालन गरेको छ ।

पीडितले पिडकलाई प्रतिरोध गरि सबक सिकाउने हिम्मत गरेमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यका साथ सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले किशोरीहरुको लागि आत्मारक्षा तालिम संञ्चालन गरेको हो ।

महिला सहकारी संस्थाले अफ्नै कार्यलयमा हिंसामा परेका पीडित महिलारुलाई पुनर्मिलनको लागि आश्रय कक्ष निकट भविष्यमा संञ्चालन गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here