कलैया,प्रादेशिक अस्पताल कलैयामा आइतवारदेखि इण्डोस्कोपी सेवा सुरु भएको छ ।अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अजय गुप्ताका अनुसार आइतवारदेखि अस्पतालमा इण्डोस्कोपी सेवा सुचारु भएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले गरेको प्रतिबद्धताअनुरुप अस्पतालमा उपलब्ध गराइएको इण्डोस्कोपी गर्ने मेशिन उपयोग विहिन अवस्थामा थियो । डा. गुप्ताले मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी पाएसँगै उहाँले अस्पताल सुधारमा सक्रियता देखाउनुभएको हो ।

हरेक घरमा ग्याष्ट्रिकका बिरामीहरु भएको बताउँदै उहाँले परीक्षण र उपचारमा सहज बनाउनका लागि इण्डोस्कोपी सेवा सूचारु गरिएको प्रतिक्रिया दिनुभयो । पेटका समस्याहरु पत्ता लगाउन, पेट फुलेको, कलेजोको समस्या जस्ता समस्याहरु पत्ता लगाउन र उपचार गर्नका लागि मेशिन उपयोगी हुने डा. गुप्ताको भनाई छ ।केही दिनमै अस्पतालमा डायलाइसिस सेवा पनि सुरु गर्ने तयारी भइरहेको डा. गुप्ताले जानकारी दिनुभएको छ ।

Leave a Reply