बसन्त लामा

सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ मा आइतवार लम्पिस्किन संक्रमित एउटा बाच्छी फेला परेको छ ।सिगौंलस्थित बनस्थली हाटबजार नजिक स्थानीय किसानले पालेको बाच्छीमा रोगको लक्षण देखिएको बताइएको छ । हाटबजारमा मकवानपुरसहित पहाडी जिल्लाबाट घरपालुवा पशु समेत बिक्रीको लागि ल्याउने गरिएको भएपनि केही समययता बजार बन्द रहेको छ ।निजगढ नगरपालिका पशु सेवा शाखाका प्रमुख युगलकिशोर सिंहले भने लम्पिस्किन संक्रमिट पशु फेला परेको बारेमा कार्यालयमा कुनै जानकारी नभएको बताउनुभएको छ । उहाँले देशभरि नै महामारी फैलिएको अवस्था नगरभित्र पनि संक्रमित पशु फेला पर्नसक्ने भएकोले सर्तकता अपनाउन किसानहरुसंग आग्रह गर्नुभएको छ ।रोगको संक्रमण नियन्त्रण गर्न भन्दै निजगढ नगरपालिकाले पनि अन्य पालिकाबाट पशु चौपाय खरिद गरेर नल्याउन किसानहरुसंग आग्रह गर्दैआएको । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले एक महिनाअघि सूचना जारी गरेर देशभर रोगको प्रकोप न्यून नभएसम्म बाहिरबाट पशु नल्याउन निजगढका किसानसंग आग्रह गर्नुभएको हो ।हाल निजगढमा लम्किस्किनको जोखिम सामान्य रहेको र बाहिरबाट पशु खरिद गरेर ल्याउदा प्रकोप संक्रमणको जोखिम बढन सक्ने भन्दै देशभरि सो रोगको प्रकोप नियन्त्रण नभएसम्म पशु खरिद गरेर नल्याउन सूचनामा आग्रह गरिएको छ ।पशु सेवा शाखाले रोग नियन्त्रणको लागि किसानको घरगोठमा गएर भ्याक्सिनेशन कार्यक्रम संचालन गर्दै आएको र हाल निजगढमा प्रकोपको अवस्था स्थित रहेको पनि उहाँले निजगढ नगरपालिका पशु सेवा शाखाका प्रमुख युगलकिशोर सिंहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here