कलैया,तलब नपाएपछि कलैयाको प्रादेशिक अस्पतालमा कार्यरत करार चिकित्सकहरु आन्दोलित बनेका छन । उनीहरुले ‘पेन डाउन’ गरेर आन्दोलन थालेका हुन ।अस्पतालमा कार्यरत १४ जना करार चिकित्सकले चार महिनादेखिको तलब पाएका छैनन । होली पर्वमा काम गर्दा पनि तलब नपाएको उनीहरुको गुनासो छ ।अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल, नर्सिङ र फार्मेसी अधिकृतहरुले समयमै तलब नपाउँदा दैनिक जीवनयापनमा समस्या भएको बताएका छन् । उनीहरुले मासिक रुपमा नियमित पाउनुपर्ने माग राखेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले चिकित्सकहरुको माग तत्काल सम्बोधन नभए अस्पतालको सम्पूर्ण सेवा ठप्प हुने चेतावनी दिनुभएको छ । अस्पताल विकास समितिसँग पनि पैसा नहुँदा समस्या भएको उहाँले बताउनुभयो । चिकित्सकहरुको तलब सुविधा व्यवस्थापन गर्न पटक–पटक पत्राचार गर्दा पनि बेवास्ता गरिएको उहाँको गुनासो छ ।

Leave a Reply