दुष्यन्त चौधरी

बारा,हिन्दूहरुको महान चाड बडा दशैको नौरथासँगैबारा जिल्ला लगायत मध्य तराईको ग्रामीणभेगका क्षेत्रमा किशोरीले झिझिया पर्व मनाउन सुरु गरेका छन् । सोमबार घटस्थापना सुरु भएलगत्तै यस क्षेत्रकाकिशोरी र बालबालिकाहरु झिझिया पर्व मनाउनमा व्यस्त बनेका हुन ।
मध्य तराईका ग्रामीण भेगका किशोरी र बालबालिकाहरु घटस्थापनाको दिनदेखि लगातार बाह्र दिनसम्म माटाको घैटोमा दियो बालेर गाँउमा परिक्रमा गरी यो खेल खेल्ने गरेका छन् । किशोरीको समूहले सानो प्वाल भएको माटाको घैंटामा दियो बालेर टाउकोमा राखी गाउँका घरआँगनमा झिझियाको बत्ती बालेर गीत गाउँदै घुम्ने गरेका छन । उनीहरुले बत्ति जगमाइरहेको छ, बाबाको घरद्वार भने अँध्यारो छ, बोलको झिझिया गीत गाउँदै नाच्ने गरेका छन ।
त्यसैगरी बाबालिकाहरुले ‘खईबे त खो दईनी कोतरा मछरीया ना खईबे कोतरा चिबईबे अपन भतारा’ भन्ने बोलको गीतका साथ यो खेल खेल्ने चलन गरेका छन् ।
भूतप्रेत, बोक्सी र तान्त्रिक मन्त्र साधनाबाट बच्न ग्रामीण क्षेत्रका किशोरीले नौरथाको नौ दिनसम्म राति ९ बजेपछि झिझिया पर्व मनाउने परमपरा चल्दै आएको छ । गाँउघरमा रहेका खराब तत्वलाई बालबालिकाहरुले गाली गर्दै खेल्ने गरेकोबाराको करैयामाई गाउँपालिका करैयाकी बालिका करीश्मा चौधरीले कृपा दैनिकलाई जानकारी दिइन । नौरथाको अवसरमा बोक्सीले मन्त्रसिद्ध गर्न टुनामुनाको मन्त्र प्रयोग गर्ने हुनाले त्यसबाट बच्न झिझिया पर्व मनाउने परम्परा चलिआएको आफूहरुले पनि सोहीअनुसार पर्व मनाउने गरेको उनले बताइन ।
प्रत्येक वर्ष दशैको सुरुवात भएसगै यस्ता गीतहरु मध्य तराई एवम् थारुको बाहुल्यता रहेको बस्तीमा गुन्जिने गरेकाछन । लोकसंस्कृतिमा आधारित यस्तो नृत्यले अहिले मध्य तराई क्षेत्रमा हर्षोल्सास छाएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म रातिको समयमा घरघरमा युवतीले नृत्य गरिदै खेलिदै झिझिया अहिले तराई क्षेत्रमा धुमधामसँग मनाइदैछ ।
दशँैको अवधिभर हरेक रात गाउँका महिला एवम् युवतीले गाउँमा विभिन्न किसिमको नृत्य गर्दै ब्रह्मस्थान (डिहबार बाबा) को मन्दिरमा गएर लोकनृत्य गर्दै पर्व समापन गर्ने गर्दछन ।
















