निजगढ,सरकारले प्रतिवन्ध लगाएको प्लाष्टिकका फूल र मालाको कारोबारमा रोक लगाए पनि बाराको कलैया, निजगढ, जितपुर र कोल्हबी बजारमा निर्वाध रुपमा किनबेच भैरहेको पाइएको छ । स्थानीय प्रहरी प्रशासनको निगरानीको अभावमा निषेधित सामग्री बिक्री वितरणले प्रश्रय पाएको हो । तिहारमा घर र कोठा सजावटको लागि प्लाष्टिकका फूलमालाको माग धेरै हुने भएकाले व्यापारीले निर्वाध रुपमा त्यस्ता सामग्रीहरुको बिक्री गर्दै आएका हुन ।

वातावरण विभागले तिहार र छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न यसअघि नै सचेत गराइसकेको छ । गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्री वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको विभागले नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुने पनि जनाएको छ ।

Leave a Reply