बारा जिल्लामा कोरोनाको संख्या बढ्दै गइरहेको छ । छिमेकी जिल्ला पर्सामा अहिले कोरोनाको हटस्पष्ट नै बनिसकेको छ । वीरगन्जमा बाराका समेत नागरिकहरुको दिनहुँजसो मृत्यु भइरहेको छ । बाराको छिमेकी जिल्ला मकवानपुरमा समेत निषेधाज्ञा लगाइएको छ । बारामा अहिलेसम्म ५ सय सकृय संक्रमित नपुगेका कारण पनि निषेधाज्ञा जारी भइनसकेको हुन सक्छ तर बारा जिल्ला पनि कोरोनाको कारण यसै जोखिममा छ ।

छिमेकी जिल्लाहरुमा संक्रमण तीव्र भएपछि बारा यसैपनि जोखिममा छ । बारामा परीक्षणको दायरा पनि बढाइएको छैन । जसका कारणले पनि संक्रमतिहरुको संख्या भने जति बाहिर नआएको हुन सक्छ । त्यसैले पनि बारा जिल्लामा समेत निषेधाज्ञा लगाउने बिषयमा अब चासो दिन आवश्यक छ र व्यापक छलफल हुन पनि जरुरी छ । हुनत लकडाउन आफैमा घातक हो ।

यो एक वर्ष नेपालअघि नेपालमा भएका अभ्यासहरुले पनि पुष्टि गरेका छन् तै पनि अर्को विकल्प कोरोनासँग लड्नका लागि नेपालीहरुसंग छैन । नेपालीहरुसंग मात्रै होइन । बिश्वभरका नागरिकहरुसंग पनि छैन अर्को उपाय । त्यसैले पनि छिमेकी जिल्लाहरुमा भइरहेको निषेधाज्ञाको अनुसरण बारामा पनि गर्न सकियो भने बारामा संक्रमणको दर घटाउन सकिन्थ्यो कि ?

 

Leave a Reply