वीरगञ्ज,वीरगञ्जबाट पैदल हिँडेर राम जन्मभूमि भारतको अयोध्या पुगेर फर्किएका युवाहरूलाई वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सम्मानित गर्नुभएको छ ।
राष्ट्रिय बजरङ्ग दल पर्साका ११ जना युवाहरू पुस २६ गते वीरगञ्जबाट १४ दिनको पैदल यात्रा गरेर माघ ८ गते अयोध्यामा नव निर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी भएका थिए ।अयोध्याको राम उत्सवमा सहभागी भएर वीरगञ्ज फर्किएका तीनै युवाहरूलाई सोमवार आफ्नै कार्यकक्षमा बोलाएर मेयर सिंहले खादा र रुद्राक्षको माला लगाउनुका साथै कदर पत्र प्रदान गरी सम्मानित गर्नुभएको हो ।
मेयर सिंहले सम्मानित गर्नुभएका युवाहरूमा चन्दन वर्णवाल, सौरभ पटेल, यश सरार्फ, मुन्ना सरार्फ, कृष्णा साह, रूपक यादव, मुन्ना साह लगायतका रहेका छन् ।


















