सेना कुनै पनि देशको रक्षाका लागि स्थापित फौज हो । यद्यपि नेपालको सन्दर्भमा भने करिब २० वर्षअगाडि आन्तरिक लडाइ भएको बेला समेत सेना परिचालन गरिएको थियो जुन त्यत्ति ठीक थिएन । लडाइ झगडा केही नभएपछि सरकारले सेनालाई कतै प्रयोग गर्न सक्छ त्यो भनेको विकास निर्माण लगायतका काममा हो । त्यसो त नेपालमा सरकारले केही वर्ष अगाडिदेखि तराई मधेश दु्रर्त मार्ग निर्माणको जिम्मा पनि सेनालाई नै दिएको छ ।

तर, सेनालाई जिम्मा दिएपछि तीव्र गतिमा त्यो बाटो बन्नेमा आश जसरी गरिएको थियो त्यसो पनि हुनुसकेको छैन । एक दिन बन्ला भन्ने आश मात्रै गर्न पर्ने अवस्था छ । नेपाली सेनामाथि आम नागरिकहरुको एकदमै विश्वास पनि छ । सेनाले जिम्मा लिएको काम सफल बनाउछ भन्ने पनि छ तर सेनालाई पनि काम गर्न दिइरहेको देखिदैन । निर्माण कार्यमा विभिन्न बाधा अवरोधहरु भइरहेको देखिन्छ ।

जसका कारणले पनि सेनाले चाहेको जसरी विकास निर्माणको काम गर्न पाएको छैन । अब हेटौंडा कपडा उद्योग सहितका केही बन्द रहेका र रुग्न रहेका उद्योगहरु सेनालाई चलाउन दिने सरकारले सोच बनाएको कुरा पनि आएको छ । सरकारको यो सोच आफैमा जायज भएपनि सेनालाई काम गर्ने वातावरण भने बनाइदिनु पर्छ । काम गर्ने वातावरण नै नबनाइदिने अनि काम गरेन भन्न हुदैन तर सेनाले गर्न सक्छ कि सक्दैन त्यसको पनि बेलैमा समीक्षा हुनुपर्दछ ।

Leave a Reply