सिमरा,बारा प्रहरीले बिलबिजक बिनाको एक लाख १२ हजार रुपैयाँ बराबरको ७० किलो काजु जीतपुरसिमराको पथलैयाबाट बरामद गरेको छ ।प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा चेकजाँचका क्रममा सो परिमाणको काजु बरामद गरेको हो ।

कटारीबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६७२३ नम्बरको यात्रु बसमा लोड गरिएको काजु बिना बिलबिजक लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।बरामद गरिएको काजु राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले यसबारे जानकारी दिँदै काजु तस्करी रोकथाम गर्न प्रहरीले कडा निगरानी गर्दैआएको बताउनुभयो ।अवैध रूपमा लैजान खोजिएको काजुकोबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply