सिमरा,पूर्व–पश्चिम राजमार्गअन्तर्गत निजगढ– पथलैया सडक खण्डको दुधौरा खोला छेउको सुकुम्बासी बस्ती खाली गर्न वन कार्यालयले दिएको निर्देशनको भूमि अधिकार तथा श्रमिक संघठनले विरोध जनाएको छ ।संघठनको मधेस प्रदेश अध्यक्ष रमेश सापकोटाले एक विज्ञप्ति निकालेर वर्षौदेखि बसोबास गर्दै आएको स्थान खाली गराउन उर्दी जारी गरिनु कानुन र मानवीयता विरोध कार्य भएको बताउनुभएको छ । उहाँले जनताको आवासको उचित व्यवस्था गरेर मात्रै बस्ति हटाउनु पर्ने बताउनुभयो ।डिभिजन वन कार्यालय बाराले कानुन विपरीत वन क्षेत्र अतिक्रमण गरी बस्ति बसाएको भन्दै १५ दिनभित्र बस्ति हटाउन गत साउन ३१ निर्देशन दिएको थियो । डिभिजन वन कार्यालयको दिएको सूचनाको म्याद सकिएको भएपनि स्थानीयले अहिलेसम्म पनि दुधौरा खोला किनाराको बस्ति छाडेका छैनन ।सहायक डिभिजन वन अधिकृत ललन कुर्मीले दुधौरा पुल छेउमा बसोबास गर्ने करिब ६० घरधुरीमध्ये अधिकांशको अन्यत्र घरजग्गा भएको दाबी गर्नुभएको छ । बस्तिमा वास्तविक सुकुम्वासी २,४ घरधुरी मात्रै रहेको र अधिकांशको अन्य ठाउँमा घरजग्गा रहेको सहायक वन अधिकृत कुर्मीले बताउनुभयो ।भूमि आयोगबाट जग्गा धनी पुर्जा पाइने आशामा केही मानिसहरुले अझैसम्म पनि बस्ति नछोडेको उहाँको भनाइ छ । घरटहरा नहटाए आफूहरु कानुन अनुसार बल प्रयोग गर्न बाध्य हुने कुर्मीको भनाइ छ ।पूर्व–पश्चिम राजमार्गसँग जोडिएको पथलैया सामुदायिक वनको ठुलो भूभाग अतिक्रमणमा परेको छ । वनका तत्कालीन कर्मचारीकै मिलेमतोमा सामुदायिक वनको जग्गा अतिक्रमणमा परेको जीतपुरसिमरा वडा नम्बर १ का पूर्व वडा अध्यक्ष रामदास धौजुले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here