नेपाली राजनीतिमा अलि बढी आश गरिएको पात्र हो रवि छामिछाने । जनताले छोटो समयमा पनि रविलाई विश्वास गरेर अधिक मत दिएका थिए । छोटो समयमा नै राम्रो मत ल्याएका रविसहित उहाँको पार्टी सरकारमा छ तर सरकारको भविष्य भने अन्योलमा छ । यद्यपि केही समयले भने उपप्रधान र गृहमन्त्री भएरु काम गर्ने अवसर जनताले रविलाई दिए ।
जनताले विश्वास र आश दुबै गरेकाले पनि यो पार्टीको भविष्यका सवालमा धेरै टीकाटीप्पणी पनि भइरहेका छन् । यो पार्टीमा विवाद र समस्या हुदैन होला भनेर धेरैले अनुमान पनि गरेका थिए ।अन्य पार्टीभन्दा यो फरक भएको र यसमा रहेका व्यक्तिहरुमा पदको मोह नभएका कारण यसमा विवाद हुदैन भन्ने धेरैलाई लागेको थियो र विवाद नहोस् भन्ने धेरैले चाहेको कुरा पनि थियो । तर जनताले चाहेको जस्तो भएन । यो पार्टीका महामन्त्री मुकुल ढकाल कारबाहीमा परेको अवस्था छ ।मुकुललाई कारबाही गरिएको छ । उहाँलाई कारबाही गर्नुको त्यस्तो ठूलो कारण पनि केही छैन । मात्र रविको आलोचना र पार्टीको अवस्थाका विषयमा उनले सार्वजनिक गरिदिएको कुरा नै कारबाहीका लागि कारण बन्यो ।
यो पार्टीमा पनि पद, शक्ति र चाकडीभन्दा अरु केही रहिनछ भन्ने कुरा मुकुललाई कारबाही गरेर रविले स्पष्ट पारेको अवस्था छ । अब पुराना पार्टी र नयाँमा के फरक रह्यो र भन्ने प्रश्न चैं महत्वपूर्ण हो । बुधवार पत्रकार सम्मेलन नै गरेर मुकुलले रविको चरित्र पनि उदांगो पारिदिएको अवस्था छ । त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि अरुभन्दा फरक छैन भन्ने कुरा मुुकुलले चुकुल खोलेर स्पष्ट पारिदिएको अवस्था छ ।















