गाेकुल घाेरसाइने,

निजगढ, १२ भदौँ– मेची–महाकाली बुहारीसंयुक्तआवाज निजगढले महिलामाथि यौनदुर्व्यवहार गर्ने निजगढ नगरपालिका वडा नम्बर– ११ रतनपुरस्थित सामुदायिक हेल्थ क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी प्रमोद साहमाथि हदैसम्मको कारवाहीको माग गरेको छ ।

बुहारीसंयुक्तआवाजले शुक्रबार ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियामार्फत बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र पेश गर्दै पिडितलाई न्याय र पिडकलाई कार्वाहीको माग गरेको हो । बुहारीसंयुक्तआवाजकी बारा जिल्ला संयोेजक सावित्री बराल तिमल्सिनाले हस्ताक्षर गरेर बुझाइएको ज्ञापनपत्रमा पिडकलाई हिरासतमा लिईसकेको अवस्थामा प्रहरीको अनुसन्धान प्रक्रियामा कुनै आशंका र अविश्वास नरहेको भएपनि कतैबाट कानुनी उन्मुक्ति दिने प्रयास हुन नहुने उल्लेख छ ।

आवाजले कुनै पक्षबाट पिडकलाई उन्मुक्ति दिने चलखेल भइ पिडितले न्याय नपाउने अवस्था श्रृजना भएमा सडक प्रदर्शनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ । ज्ञापनपत्र बुझाउन आवाजकी अध्यक्ष बरालसहित, उपाध्यक्ष सगुन लामा, सचिव उषा मोक्तान, सदस्यहरु शान्ति लामा, चन्द्रिका मगर, राधिका अस्थानी र सल्लाहाकार सुभद्रा नेपाललगायत महिला अगुवाहरु इलाका प्रहरी कार्यालय पुग्नुभएको थियो ।

गत भाद्र ७ गते पेट दुखेर उपचारको क्रममा निजगढ नगरपालिका वडा नम्बर– ११ रतनपुरस्थित सामुदायिक हेल्थ क्लिनिकमा पुगेकी स्थानीय १८ वर्षकी एक किशोरीलार्ई क्लिनिकका संचालक रौतहटको कटहरिया नगरपालिका वडा नम्बर– २ घर भएका २६ वर्षिय हेल्थ असिसन्टेन्ट साहले अनुमति बिना यौनाङ्गमा हात हालेर जवरजस्ती करणी गरेका थिए ।

यौनदुर्व्यवहार गर्ने साहलाई प्रहरीले सोही दिन पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थपलियाले बताउनुभयो ।

Leave a Reply