मकवानपुर – प्रदेश नम्बर–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात व्यावस्था सेवा कार्यालय, हेटौंडाले सवारीका साधनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनका लागि आजबाट प्रयोगात्मक पक्षाी सुरु गरेको छ । प्रदेश सरकार मातहतको कार्यालयले पहिलो पटक हेटौंडाबाटनै सवारी चालक अनुमति पत्रको ट्रायल दिन सुरु गरेको हो । आज भने मोटरसाईकलको प्रयोगात्मक (ट्रायल) परिक्षा लिइएको हो ।
आजको पक्षाीमा ४ सय ७८ जनाले ट्रायल दिएको यातायात व्यावस्था सेवा कार्यालय हेटौंडाका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो । आज मोटरसाईकलको ट्रायल ३ सय ८१ जनाले दिएकोमा एक सय २९ जना उत्तीर्ण भएको पनि उहाँले जानकारी दिन’भयो . ६९ जनाले स्कुटीको ट्रायल दिएकोमा २० जना उत्तीर्ण भएका छन् . । त्यस्तै नौजना अटोका लागि आवेदन भरेकाहरुले लाइसेन्स पाएका छन् . ।
प्रदेश नम्बर तीनका नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्र(लाइसेन्स)का लागि प्रकृया शुरु भएसंगै सवारी चालक अनुमति पत्रको लागी भिड् लागेको छ । ट्रायल दिन आउनेहरुको आज विहानैबाट हेटौंडा ११ वागथलीमा भिड लागेको थियो । हेटौंडाबाटनै पहिलोपटक सेवा पाएकोमा सवै खुसी समेत भएका छन् । हेटौंडामा रहेको यातयात ब्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि आवेदन आहवान गरेसँगै बिहीबार लिखित परीक्षा लिएको थियो । लिखित परीक्षमा ५ सय २० जनाले सहभागिता जनाएको यातयात ब्यवस्था सेवा कार्यालय हेटौंडाका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो ।
सवारी चालक अनुमति पत्रको लागी मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी लगाएत आसपासका विभिन्न जिल्लाका आम नागरिककको यसमा उलेख्यसहभागिता रहेको छ ।
स्मार्ट कार्डका लागि चार महिना कुर्नुपर्ने
यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर तीनले चालक अनुमति पत्रका लागि प्रकृया पूरा गरेपनि स्मार्ट कार्ड वा लाइसेन्सका लागि भने केही समय कुर्न पर्ने भएको छ । बढीमा चार महिनामा नागरिकहरुले स्मार्ट कार्ड पाउने गरी आफूहरुले काम गरिरहेको निमित्त प्रमुख थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबारबाट नै सवारी चालकका लागि लाइसेन्स नम्बर प्रदान गरिने र राजश्व काटेको बील सहित नम्बर हुने भएकाले स्मार्ड कार्ड नआउन्जेल त्यसैले काम गर्ने छ । तर,साथमा लाइसेन्स नम्बर सहितको कार्ड बोक्न भने नागरिकहरुलाई यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर तीनले अनुरोध गरेको छ ।