जीतपुर,बाराको सिमरास्थित नापी र मालपोत कार्यालयमा घुसखोरीको जालो सक्रिय रहेको खुलासा भएको छ ।
मालपोत र नापी कार्यालयका कर्मचारी तथा बिचौलियाहरू मिलेर हालसाबिक, कित्ता काट लगायतका काममा खुल्लामखुल्ला घुस लिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।एक सेवाग्राहीका अनुसार अमिन तथा सर्वेक्षकहरूले हालसाबिक गर्न फिल्डमा खटिनकै लागि प्रतिफाइल ३ हजारदेखि ५ हजार रुपैयाँसम्म माग्ने गरेका छन् । त्यस्तै, सामान्य कित्ताकाट प्रक्रियामा ५ सयदेखि १ हजार रुपैयाँसम्म असुल्ने गरेको बताइएको छ । कर्मचारीहरुले नियम विपरित पनि कित्ता काट गर्ने र सोको लागि ५० हजारदेखि लाखौँ रुपैयाँसम्मको बार्गेनिङ गरेर मात्र प्रक्रिया अघि बढाइने गरिएको सेवाग्राहीहरूको आरोप छ । नाम सार्वजनिक नगर्ने सर्तमा एक जना सेवाग्राहीले आफूले हालसाबिकका लागि महिनौँ अघि निवेदन दिएको तर अहिलेसम्म पनि काम नभएको बताए । ‘आफूभन्दा पछाडि निवेदन दिएका केही व्यक्तिहरूले सेटिङ मिलाएर काम गराइसके ।’ उनले भने ।

मालपोत र नापी कार्यालयका कर्मचारीहरू तथा लेखापढी व्यवसायीहरूबीचको सेटिङमा हुदैआएको यस्तो काममा कागजमा भने सबै प्रक्रिया पूरा गरेको फाइल तयार पारिने गरेको छ । कार्यालयकै एक कर्मचारीले भने, “नियमसंगत प्रक्रिया भए पनि सेटिङ नमिले कागज पास हुँदैन, उनले भने उल्टै आलटाल गरिन्छ र सेवाग्राहीहरूलाई अनावश्यक दुःख दिइन्छ ।’मालपोत कार्यालयका प्रमुख इन्द्रेव पण्डे, अधिकृत दिलिप श्रेष्ठ, राजेश्व विभाग लिलाराज पौडेल, मोठ फाँट अजय दास, निभा ठाकुर, नापी कार्यालय प्रमुख प्रभु कोइरी, निजगढ नगरपालिका फाँटका दिनेश जी, जीतपुरसिमरा जयचन्द जैसवालले मिलेर घुस लिने गरेको स्रोतले बताएको छ ।जसअनुसार प्रत्येक दिन कुन फाँटमा कति कित्ता काट र हालसाबिक भयो भन्ने विवरण अधिकृतहरूले संकलन गर्ने र कार्यालय समयपछि अमिन–सर्वेक्षकहरूले अधिकृतहरुलाई रकम बुझाउने गरेको स्रोतले बताएको छ ।

Leave a Reply