सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ हरनैयास्थित लौकाहा चौकमा शिव महादेव सेन्ट्रल हस्पिटलले विगत एक महिनादेखि निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्दैआएको छ ।शिबिरमा बारा र रौतहट जिल्लाका ग्रामीण भेगमा बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुको साथै औषधिसमेत वितरण हुने गरेको अस्पताल संचालक बिमलप्रसाद साहले जानकारी दिनुभएको छ ।

यसैक्रममा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटामा पनि दुई सयभन्दा बढी गरिब, दलित तथा असहायहरुको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिएको छ ।शिबिरमा सहभागी फिजिसियन सबिना कटुवालले ग्रामिण भेगमा अधिकांश महिलाहरुमा विभिन्न किसिमका रोगहरु देखापरेको बताउनुभएको छ । उहाँले गर्भवती अवस्थामा खानुपर्ने भिटामिन युक्त खाना नपाएकोले गर्भवती महिला र गर्भको बच्चासमेत कुपोषित हुनेगरेको उहाँको भनाई छ ।
















