काठमाडौं — आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ओमानसँग डीएल मेथडका आधारमा १०२ रनले पराजित भएको छ। वर्षाले प्रभावित खेल पुनः सुरु हुन नसकेपछि नतिजा डीएल मेथडमार्फत निकालिएको हो।
योसँगै जारी सिरिजमा नेपालको पहिलो हार भएको छ भने ओमान राष्ट्रिय क्रिकेट टोली ले पहिलो जित दर्ता गरेको छ। यसअघि नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा भएको खेलमा ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरि ले सर्वाधिक ६० रन बनाए। भिम सार्की ले २८ रन जोड्दा आरिफ शेख ले १४ तथा रोहित पौडेल ले १० रन बनाए।
ओपनर कुशल भुर्तेल १ रनमै एलबीडब्लु आउट भए भने आशिफ शेख १९ रनमा क्याच आउट भए। बसिर अहमद पनि १ रनमा आउट भए।
अन्त्यतिर गुल्सन झा १४ र सोमपाल कामी २ रनमा नटआउट रहे।
ओमानका लागि नदिम खान ले ३ विकेट लिए भने सकिल अहमद ले २ विकेट लिए। मुहम्मद इमरान र वसिम अली ले समान १–१ विकेट हात पारे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनाएको थियो। ओमानका ओपनर जतिन्दर सिंह ले उत्कृष्ट १३० रनको शतकीय इनिङ्स खेले। उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गरे।
यस्तै, अशिष ओडेरा ले ४८ रन बनाउँदा आर्यन राजु विस ले ३५ तथा हमद मिर्जा ले ३० रन जोडे।
नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरिले समान २–२ विकेट लिए।
सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।



















