राजन कुमार बानिया

पोखरिया,पर्साको जगरनाथपुर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ को आइतवार उद्घाटन भएको छ ।प्रथम जगरनाथपुर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता –२०७९ को उद्धाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गर्नुभएको थियो ।खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा मात्रै नभएर देशको नाम विश्वभर फैलाउन पनि मद्दत गर्ने बताउनुभयो । उहाँले आफूलाई पनि स्वस्थ राख्न र देशको ख्याति समेत बढाउन हरेक नागरिकले खेलकुद सम्बन्धि क्रियाकलाप गर्नुपर्ने बताउनुभयो ।उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष श्रीमती बबिता सिंह, प्रेमबहादुर थापा, अतिथिहरुमा प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, लेखापाल सन्देश कुशवाहा, वडा अध्यक्ष लक्ष्मी साह, बिहारी महतो नुनिया, प्रभु महतो, गाउँपालिकाका शिक्षा शाखा प्रमुख लालदेवप्रसाद यादव, क्षेत्रिय सचिव बलिष्टर अहमद र पालिकाका सबै विद्यालयका प्रधानाध्यापक, वडा सदस्यहरु तथा स्थानीयबासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply