नरेश गुप्ता
बरियारपुर,ईलाका प्रहरी कार्यलय निजगढले ४ ग्राम खैरो हिरोइनसहित निजगढबाट एकजनालाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत निजगढ नगरपालिका वडा नम्बर ८ स्थित सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले मोटरसाइकलमा सवार निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने मुन्ना लोप्चनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
पक्राउ परेको लोप्चनले चलाएको ना ६० प ८२४२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागूऔषध खैरो हिरोईन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेको लोप्चनलाई लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।