निजगढ,श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरी निजगढ नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकोछ ।सोमबार गौरीशंकर माध्यमिक विद्यालय सहिद चोक बि लाई २÷१ गोल अन्तरले पराजित गर्दै नेरामावि रतनपुरी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकोहो ।खेलको १२ आंै मिनेटमा कर्मा मोक्तानले गोल गर्दै नेरामाविलाई सुरुवाति अग्रता दिलाएका थिए । नेरामाविको अग्रता दोब्बर बनाउने क्रममा कप्तान राहुलकुमार धामीले ३२ औं मिनेटमा गोल गरे ।खेलको ५४ औ मिनेटमा गौरीशंकरका कुशल लामाले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि थप गोल गर्न नसक्दा पराजय बेहोर्नु परेको थियो । खेलको म्यान अफ द म्याच नेरामावि रतनपुरका कप्तान राहुलकुमार धामी भए ।प्रतियोगिता अन्तर्गत मङ्गलवार श्री बकैया ठाकुर माध्यमिक विद्यालय खयरघारी र होलिएन्जल्स अङ्ग्रेजी माध्यमिक विद्यालय निजगढ ९ बीच प्रतिस्पर्धा हुनेछ । निजगढ फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको बिजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।निजगढ ९ चाइनिज क्याम्पस्थित सहिद हिरालाल रंगशालामा जारी प्रतियोगितामा निजगढ नगरपालिकाभित्रका १० वटा बिद्यालय र थप दुई गरी १२ वटा टिमको सहभागिता रहेको छ ।




















