दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिका वडा नंम्बर १ को मधुवनमा आसमान नेपाल र सेभ द चिल्ड्रेनक‍ो मानवीय सहयोग कार्यक्रम अन्तर्गत अति विपन्न गरिब दलित अपाङ्ग र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
सो अवसरमा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले १२५ जनालाई न्यानो कपडा ब्ल्याङ्गकेट वितरण गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष सोनालाल साह गाउँपालिकाको प्रशासकीय अधिकृत अनुश आचार्य, दातृ निकायका चन्द्रदेव साह, निरुता विक, मनोज यादव, जयमाला चौधरी, कार्यपालिका सदस्य दिपक पासवान, वडा समितिका सदस्य चिन्ता चौधरी, उमनी पासवान, नेसारुल मियाँ, मञ्जुर आलम, वडा सचिव भद्रकुमारी र स्थानीय जितेन्द्र पासवानलगायतको उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here