वीरगञ्ज,पर्साको पर्सागढी नगरपालिकामा सोमवार चितुवाको बच्चा फेला परेको छ ।पर्सागढी नगरपालिकाको वडा नम्बर १ स्थित भटनी गाउँको उत्तरपट्टी पोखरीको डिलमा चितुवाको बच्चा फेला परेको हो ।न्यालो प्रजातीको चितुवाको बच्चा भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा प्रहरी निरिक्षक रामराजा केसरीले जानकारी दिनुभयो । चितुवाको बच्चालाई वन कार्यालयको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

Leave a Reply