जियालाल चौधरी

कोल्हबी,महोत्तरीको भंगहा नगरपालिकाको श्री राष्ट्रिय आधारभूत विद्यालयमा सिसीटिभी क्यामरा जाडन गरिएको छ । विद्यालयमा मंगलवार १६ वटा सिसिटिभी क्यामरा जडान गरिएको हो ।भंगहा नगरपालिकाकै नमुना विद्यालयको रुपमा पहिचान बनाएसँग विद्यार्थीको चाप बढ्दो क्रममा रहेकाले सिसीटिभी क्यामरा जडान गरिएको विद्यालय व्यवस्थापन समितिले जानकारी गराउनु भएको छ ।भंगहा नगरपालिकाको कुनै पनि विद्यालयमा यस अघि सिसीटिभी जडान गरिएको थिएन । योसँगै श्री राष्ट्रिय आधारभूत विद्यालय नगरपालिका भित्र सिसीटिभी जाडन हुने पहिलो विद्यालय बन्न सफल भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार महतोले शैक्षिक अवस्था सुधार गर्न सिसीटिभी क्यामरा जडान गरिएको बताउँनुभयो ।विद्यार्थीहरुबाट हुन सक्ने सम्भावित उच्छृङ्खल कार्य रोक्न र शिक्षकहरुले विद्यार्थीलाई विशेष ध्यान दिएर अध्यन÷अध्यापन गराउन सहज होस् भन्ने उद्देश्यले सिसीटिभी जडान गरेर सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

















