बरियारपुर,बाराको महागढीमाई नगरपालिकामा शनिबार बृहत सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख दिपेन्द्र शाही, प्रमुख प्रशासकीय अधिकृत उमेशराज रिमाल, स्वास्थ शाखा संयोजक बिजयप्रसाद कुशवाहा, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, कर्मचारी, क्लबका स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, स्वास्थ्यकर्मी र संचारकर्मीहरुको पनि उपस्थिति रहेकोे थियो । नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा स्थानीय व्यापारीहरुलाई डष्टबिनसमेत वितरण गरिएको थियो । कार्यक्रमको संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेशराज रिजालले गर्नुभएको थियो ।

Leave a Reply