प्रकृतिसँग मानिसको सम्बन्ध एकदमै बलियो र अटुट छ । तर प्रकृतिमाथि मानिसले दोहन गर्ने क्रम भने रोकिएको छैन । प्रकृतिमाथिको मानिसको अत्यचारले वास्तवमा सीमा काटेको छ । त्यसैले पनि बेला बेलामा बिभिन्न बिनासकारी घटना प्रकृतिबाट नै भइरहेका छन् । बाढी र पहिरो त यसको प्रत्यक्ष उदाहरण नै हुन् त्यस बाहेक अन्य थुप्रै छन् ।

श्रणिक आनन्द र लाभले मान्छेले आफ्नो स्वार्थलाई पहिलो प्राथमिकता दिने गर्दछ । वास्तवमा क्रसर उद्योगहरु आवश्यक पनि छन । यिनीहरु भएनन् भने घर निर्माण लगायत विकास निर्माणका काममा समस्या पर्ला नै तर यसको पनि नियम त बनाइएको छ नि । यो नियमको धोति लगाउदै प्रकृतिमाथि निर्वाध दोहन हुँदा समेत सरोकारवलाहरु भने त्यसको रमिते बनेका छन् ।

अहिलेका जनप्रतिनिधिहरु पनि प्रकृतिमाथिको दोहनको साक्षी मात्रै बनेका छन् । साउन, भदौतिर त सरकारले समेत क्रसर उधोगहरु संचालनमा रोक लगाएको भएपनि निर्वाध चल्दैछन् । यसले क्षणिक फाइदा त दिएको छ तर कालान्तरमा यसले असर गर्ने नै छ र गरिरहेको पनि छ । त्यसैले यो दोहनको अन्त्य हुन आवश्यक छ ।

Leave a Reply