पुष्पराज खतिवडा

मनहर्वा,बर्षासँगै किटजन्य रोग बढ्ने भन्दै जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको जनस्वास्थ्य प्रवद्र्धन शाखाले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।मंगलवार उपमहानगरपालिको कार्यालय जीतपुरमा डेंगु, मलेरिया, कालाजारलगायत कीटजन्य रोगहरुको नियन्त्रणका लागि सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम गरी कार्यालयले सचेत रहन नगरबासीमा अनुरोध गरेको हो ।रोगबाट बच्नको लागि घरवरिपरि सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डीहरु पुर्ने, सुत्ने बेलामा झुलको अनिवार्य प्रयोग गर्ने, घर बाहिर निस्कँदा पुरा बाउला भएका कपडा लगाउनु पर्ने उपमहानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख अधिकृत रवीकुमार भाष्करले बताउनुभएको छ ।यस्तै घरका झ्याल तथा ढोकाहरुमा जाली लगाउने, नियमित सरसफाइमा ध्यान दिने र वातावरणलाई सफा राख्नसके डेँगु लगायतका महामरीजन्य रोग फैलिन नपाउने शाखा प्रमुख भाष्करले बताउनुभयो ।लामखुटट्े, भुसुना, उपिँया जस्ता परजिवीले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्ने हुँदा सचेत रहँन र सावाधानी अपनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । कुनै समस्या देखिए स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न पनि उहाँले सुझाउनुभयो ।कार्यक्रममा उपमहानगरपालिका भित्रका २५ वटा सामुदायिक विद्यालयका स्वास्थ्य दुतहरु, संचारकर्मी र स्वास्थ्यकर्मीहरुको सहभागिता थियो । कार्यक्रमका अवसरमा नगरभित्रका ती विद्यालयहरुलाई ११ प्रकारका औषधी तथा स्वास्थ्य सामग्री सहित स्वाथ्यकिट पनि प्रदान गरिएको थियो ।कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख शिवजी प्रसादको प्रमुख आथिथ्यता एवं जनस्वास्थ्य प्रबद्र्धन शाखाका सिनियर अहेव अधिकृत जितन ठाकुरको सहजीकरणमा सम्पन्न भएको हो ।
















