जियालाल चौधरी
कोल्हवी – बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा अवस्थित सृजनशिल युवा क्लब पिपराको आयोजनामा पंचगछिया खेल मैदानमा जारी चौथो पिपरा गोल्ड कपको नवौं दिन बागमती युथ क्लब र बिरगंज युथ क्लब बिच भिडन्त भएको महिला मैत्रीपूर्ण खेलमा ०-१ गोलको बिरुद्ध बागमती युथ क्लब बिजय भएको छ ।
बागमती युथ क्लबका जर्सी न.९ कि अस्मिता खवासले खेल्को पहिलो हाल्फको १३ मिनट बित्दै पहिलो गोल गरि आफ्नो टिमलाइ सानदार जित हासिल गराएकी छिन । बिरगंज युथ क्लबका जर्सी न. ३ कि शान्ती तामाङलाई ट्रफी,प्रमाण पत्र प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो ।
अनुमानित ५३ लाखको लागतमा भइरहेको चौथो पिपरा गोल्ड कपमा २५ गते सनिवारको दिन हुने फाइनल खेलमा बिरगंज युथ क्लब र बिरगंज युनाइटेड बिरगंज बिच प्रतिस्पर्धा हुने बारे आयोजक समितिले जनाए ।
प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख प्राप्त गर्ने भएको छ । यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद पाँच हजार तथा सिल, मेदल र प्रमाण-पत्र प्रदान गर्ने र साथै उक्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको आयोजक समितीले जानकारी दिए ।
उक्त कार्यक्रमको सहयोगी हातहरु मुख्य सहयोगी करैयामाइ गाउँपालिका , स-सहयोगी कोल्हवी नगरपालिका , सहयोगीहरु निजगढ नगरपालिका , एन सि सि बैंक, नमुना इटा लगायतका अन्य संस्थाहरु रहेका छ्न् ।