निजगढ,देश र जनताको लागि ज्यान आहुँति दिने शहीदहरुको सम्झनामा मंगलवार निजगढ नगरपालिका कार्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।निजगढ नगरपालिका कार्यालय परिसरमा नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा शहीदहरुको फोटोमा माल्यार्पण गरिनुको साथै शहीदको योगदानको चर्चा पनि गरिएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।



















