निजगढ,निजगढ नगरपालिका वडा नम्बर ४ निवासी क्यान्सर पीडित शर्मिला माझीलाई युथ अफ निजगढले आर्थिक सहयोग गरेको छ ।क्यान्सर रोग लागेर किमो चडाइरहनु भएकी २१ वर्षिय माझीको परिवारको आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि क्लबले सोमवार एक कार्यक्रमको आयोजना गरेर १० हजार १ सय रुपैया आर्थिक सहयोग गरेको हो । क्लबका अध्यक्ष कमल बजगाइले क्यान्सर पीडित माझीको ससुरा दिलबहादुर माझीलाई सहयोग रकम नगद हस्तान्तरण गर्नुभएको थियो ।क्लबले आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या परेकाहरुलाई विगतका दिनमा पनि सहयोग गर्दै आइरहेको र सोही कार्यलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष बजगाइले जानकारी दिनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै निजगढ ४ का वडा अध्यक्ष बिसन साप्कोटाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएर उदाहरणीय कार्य गरेकोमा क्लबका पदाधिकारीलाई धन्यवाद दिनुभएको थियो ।कार्यक्रममा निजगढ नगर कार्यपालिका सदस्य मिना चौरेल, सहिद हिरालाल पार्क व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याल, स्थानीय समाजसेवी मिना चौलागाई क्लबका पूर्व अध्यक्ष जनक श्रेष्ठ, राजन श्रेष्ठ, उत्सब श्रेष्ठ, सागर तामाङ, उषा लामा, महासचिव सन्तोष पौडेल, सचिव लक्ष्मी पाण्डे, सदस्यहरु रवि सापकोटा, मुक्ति सुवारलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply