आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढको सतुवाही नाका नजिकबाट सशस्त्र प्रहरीले विस्पोटक पदार्थ आकाशे सुतली बम (पटका) बरामद गरेको छ ।भारतबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरिएको अवस्थामा सशस्त्र प्रहरीले सतुवाही नाका नजिकबाट सुतली बम बरामद गरेको हो ।

आइतवार साँझ करिब साढे ७ बजे टाउकोमा बोकेर भारतबाट नेपालतर्फ सुतली बम ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बीओपी गोलागञ्जका प्रहरी निरीक्षक माधवप्रसाद ढुङ्गेलको कमाण्डमा गस्तीमा रहेको टोलीलाई देखेर पटका ल्याउने व्यक्तिहरु सामान छाडेर भागेका थिए ।
प्रहरीले ३ सय थान आकाशमा उडाउन मिल्ने सुतली बम बराबद गरेको हो । उक्त सामानको मूल्य करिब एक लाख ५० हजार रुपैयाँ रहेको निरीक्षक ढुङ्गेलले जानकारी दिनुभयो ।उक्त सुतली बमलाई सोमवार बिहान सिम्रौनगढ उद्योग वाणिज्य संघका सदस्य सैनुलाह अन्सारी, सञ्चारकर्मी रामेश्वर मेहता, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईको उपस्थितिमा खाल्डोमा पुरेर नष्ट गरिएको छ ।

















