राजकुमार यादव
मौलापुर,रौतहटको गढीमाई नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि आवश्यकता पहिचान सम्बन्धि दुईदिने कार्यशाला शनिवार सम्पन्न भएको छ ।स्थानीय भाषा एवंम संस्कृतिको जगेर्ना गर्नस्थानीय तहको महत्वपूर्ण भूमिका हुने र सोहीअनुरुप गढीमाई नगरपालिकाले पनि विद्यालयमा पठनपाठन हुने पाठ्यक्रम स्थानीय भाषामा तयार गर्न लागेको हो ।
गढीमाई नगरपालिका र जनजागरण युवा क्लब बाराको सहकार्यमा यु.के.एडको आर्थिक सहयोगमा भिएसओ नेपालद्धारा शुक्रवारदेखि गढीमाई नगरपालिकाको सभाकक्षमा स्थानीय पाठयक्रम निर्माण सम्बन्धि आवश्कता पहिचानका लागि कार्यशाला शुरु भएको थियो ।

स्थानीय पाठ्यक्रम निर्माण कार्यशालामा शिक्षाविद् एवंम भाग्योदय क्याम्पस साँखु काठमाडौंको क्याम्पस प्रमुख बौद्धराज निरौला, भिएसओका शिक्षाविज्ञ केश भट्टले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उहाँहरुले पाठ्यक्रम कसरी तयार पार्ने भन्ने विषयमासहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।स्थानीय भाषा, संस्कृति, धर्ममाथि कुनै असर वा खलल नपर्ने गरी पाठ्यक्रम तयार पारेर सोही अनुसारको पाठ्यपुस्तकको लेखन कार्य अघि बढाउने तयारी समेत भइरहेको जनजागरण युव क्लब बाराका कार्यक्रम प्रबन्धक मनोज यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा गढीमाई नगरपालिकाको नगर प्रमुख श्यामप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवको प्रमुख आतिथ्यतामाउक्त कार्यशाल सम्पन्न भएको थियो ।कार्यशालालाई सम्बोधन गर्दै मेयर यादवले स्थानीय भाषा बज्जिका, संस्कृतलाई समावेश गरेर पाठ्यक्रम तयार पार्दा प्रभावकारी हुने बताउनुभयो । उहाँले यसको बाहेक अन्य भाषाको प्रचलन भए त्यसलाई सहमतिको आधारमा छनौट गरेर पाठ्यक्रम तयार गर्नुपर्नेमा जिकिर गर्नुभएको थियो ।

सो कार्यक्रममा जनजागरण युवा क्लब बाराका संयोजक कौशलकिशोर साह, भिएसओका प्रतिनिधि, जनजागरण युवा क्लब बाराका सामुदायिक परिचालक सुनिल यादव, गढीमाई नगरपालिकाका शिक्षा संयोजक नागेन्द्र यादवलगायत पूर्वशिक्षक, नगरपालिकाभित्रका वहालवाला प्रधानाध्यापकहरु, शिक्षक र संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply