आरके राजन
सिम्रौनगढ,नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशरण महत सोमवार बाराको सिम्रौनगढ छोटी भन्सार र नाकाको अवलोकन भ्रमण गर्नुभएको छ ।अर्थमन्त्री महत सिम्रौनगढ आइपुग्दा उद्योग वाणिज्य सघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहा लगायतल संघका पादाधिकारी र सदस्यहरु एवंम स्थाीय व्यवसायीहरुले स्वागत गरेका थिए ।
अर्थमन्त्री महतले सिम्रौनगढस्थित प्रसिद्ध शक्तिपिठ कन्कालीमाई मन्दिरमा पूजा गरि होममा समेत सहभागी हुनुभएको थियो । त्यसपछि मन्त्री महत सिम्रौनगढ छोटी भन्सार कार्यालय पुगेर कार्यालयको अवस्थाबारे कर्मचारी र स्थानीयसंग जानकारी लिनुभएको थियो ।सो क्रममा मन्त्री महतलाई स्थानीयले वीरगञ्ज र गौरको बीचमा एउटा पनि ठूलो भन्सार कार्यालय नभएकोले व्यवसायीहरुलाई असहज भएको बताउदै सिम्रौनगढमा रहेको भन्सारको स्तरोन्नति गर्न जरुरी रहेको बताएका थिए । उनीहरुले तामागढी– सिम्रौनगढ सडक निर्माणको क्रममा अधिग्रहरण गरिएको जग्गाको मुअब्जा वितरणसहित वाणिज्य बैक र नेपाल राष्ट्र बैकको सटही काउन्टर स्थापनाको लागि पनि माग गरेका थिए ।सो अवसरमा बोल्दै मन्त्री डा. महतले व्यवसायिक दृष्टिकोणले समेत महत्वपूर्ण स्थानको रुपमा रहेको सिम्रौनगढमा स्थानीयको चाहनाअनुरुप काम गर्न आफू तत्पर रहेको बताउनुभएको थियो । भन्सार नाका खोल्ने बारेमा भारतीय पक्षसंग पनि कुरा गर्नुपर्ने आफूले त्यसको लागि प्रयत्न गर्ने जानकारी दिनुभयो । उहाँले ऐतिहासिक र धार्मिक स्थल सिम्रौनगढ आउन पाउँदा आफूलाई खुसी लागेको भन्दै यस क्षेत्रको विकासको लागि आफूले सकेको सहयोग गर्ने पनि बताउनुभयो ।कार्यक्रममा नेपाली काग्रेस मधेश प्रेदेश उपसभापती चन्द्रशेखरकुमार यादव, बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती एवंम सिम्रौनगढ नगरपालिकाका पूर्वमेयर बिजयशंकर यादव, भन्सार विभागका डी. जी. सोधाकान्त पौडेल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीलाराम पन्थी पनि सहभागी हुनुभएको थियो ।त्यसैगरी नेपाली काग्रेस मधेस प्रदेश कमिटी सदस्य उपेन्द्रप्रसाद जयसवाल, सिम्रौनगढ नगर कमिटी सभापती नागेन्द्र साह कानु, सिम्रौनगढ उद्योग वाणिज्य सघका अध्यक्ष लालबाबु कुशवाहा, पूर्वअध्यक्ष जयन्त कुश्वाहालगायत स्थानीय समाजसेवी र राजनीतिक दलका कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।त्यसैगरी बाराको महागढीमाई नगरपालिका कार्यालयको प्रशासनिक भवनको सोमवार एक कार्यक्रमबिच समुद्घाटन गर्दै अर्थमन्त्री डा.महतले बारा जिल्ला कृषिको हब भएको हुँदा व्यवसायिक कृषि क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उद्योग व्यवसाय तथा कृषि क्षेत्रमा बारा जिल्लाको महत्वपूर्ण योगदान रहेको बताउँदै वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्ने कार्यमा सरकार पछि नहट्ने दाबी गर्नुभयो ।

Leave a Reply