कृष्ण मोहन साह
सेढवा,वीरगञ्ज लेडिज सर्कलले आइतवार जिराभवानी गाउँपालिकामा २ सय किशोरीहरुलाई झोला वितरण गरेको छ ।
जिराभावानी गाउँपालिकामा आसमान नेपालले संचालन गरेको ‘बालिकालाई पछाडि नपारौं’ परियोजना अन्तर्गतका २ सय जना किशोरीहरुलाई झोला वितरण गरिएको हो । स्थानीय सिकाइ केन्द्रमा पढन आउदा किताब, कपी र अन्य शैक्षिक सामग्री राख्न आवश्यक भएकोले उनीहरुलाई झोला वितरण गरिएको सर्कलकी अध्यक्ष प्रिती खेतानले बताउनुभयो । संस्थाले विगतमा पनि विद्यालय जाने उमेरका बालिकाहरूको लागि आवश्यक पर्ने स्टेशनरी र स्कुल ब्याग जस्ता सामग्रीहरु सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा वडा सदस्य दसरथ दहैत, सर्कलका सदस्यहरू खुश्बु सिघांनिया, अनामिका पुजारी, निधि सोनम, आसमान नेपालको जिराभवानी गाउँपालिका संयोजक धर्मेन्द्र चौरसियालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply