कोल्हबी,बाराको करैयामाई गाउँपालिका वडा नम्बर ६ बाट मोटरसाईकलमा लैजादै गरिएको अवस्थामा चिरान काठ बरामद भएको छ ।कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अधिकृत कृष्ण पटेलको नेतृत्वमा गएको प्रहरीसहितको वन गस्ती टोलीले करैयामाई गाउँपालिका वडा नम्बर ६ बाट ११ थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
बारागढी प्रहरी चौँकीका प्रहरीको सहयोगमा बरामद गरिएको काठ करिब ८ क्युफिट रहेको अधिकृत पटेलले बताउनुभएको छ । काठ तस्करहरु मोटरसाईकल छोडेर फरार भएको डिभिजनल वन अधिकृत राजीवकुमार झाले जानकारी दिनुभएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको उहाँले बताउनुभएको छ ।



















