नेपालमा समस्या नै समस्या छ । कतै सहकारी पीडित त कतै मिटरब्याजी साहु–महाजनहरूको ज्यादतीविरुद्ध भन्दै अहिले आन्दोलन भइरहेको छ ।यसक्रममा आइतबार रौतहटका विभिन्न स्थानमा किसान तथा मजदुरहरूले आन्दोलन सुरु गरेका छन् । अत्यधिक ब्याजदरमा ऋण लगानी गरी सर्वसाधारणलाई शोषण गरिएको आरोप लगाउँदै आन्दोलनकारीहरूले आइतबार चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गर्दै आफ्ना मागहरू सार्वजनिक गरेका हुन् ।
आन्दोलनमा सहभागी किसान तथा मजदुरहरूले मिटरब्याजी प्रथाका कारण आफूहरू गम्भीर आर्थिक संकटमा परेको बताएका छन् । उनीहरूका अनुसार थोरै रकम ऋण लिँदा पनि अत्यधिक ब्याज तिर्नुपर्ने बाध्यता रहेको छ ।
यो समस्या रौतहटको मात्र होइन, देशभरकै हो । यस्ता समस्या देशभर नै छ । मुख्यतः मिटरब्याजसँग सम्बन्धित जाली तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा फर्जी चेकहरूको समस्या छ । यसका लागि उनीहरुले सरकारको साथ खोजिरहेका छन् ।

त्यसैगरी साहु–महाजनले अवैध रूपमा जोडेको सम्पत्तिको छानबिन गर्नुपर्ने, हडपिएको चल–अचल सम्पत्ति फिर्ता गराउनुका साथै हिंसा तथा दुव्र्यवहारका घटनामा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
साना व्यवसायी तथा उद्यमीहरूका लागि सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याई न्यायपूर्ण आर्थिक कारोबारको वातावरण निर्माण गर्नुपर्नेमा पनि आन्दोलनकारीहरूको माग पनि छ ।

पीडितहरुको मागमा कतै विमति जनाउनु पर्ने कारण छैन । तर मुख्य कुरा अहिले देशमा सरकार नै छैन त नभनौं, काम चलाऊ मात्र छ । अब यो सरकार औपचारिक रुपबाट बिदाइ हुदैछ । अहिलेको सरकार बिदाइ भएर अर्को नयाँ सरकार बन्न लागेको बेलामा आन्दोलन गर्नुभन्दा केही दिन धैर्य गर्दा नै उचित हुनेछ ।अब शक्तिशाली सरकार बन्ने भनिएको छ र अब बन्ने सरकारले आशा गरौं यस्ता समस्याको समाधान गर्नेछ र पीडितलाई न्याय दिलाउने छ, त्यसैले अहिलेका लागि धैर्य गर्दा नै उचित हुनेछ ।

 

 

Leave a Reply