वीरगञ्ज,नेपाल शिक्षक महासंघ वीरगञ्ज महानगर समितिको मागप्रति पर्साका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन् ।नेपाली काङ्ग्रेसको पार्टी कार्यालय रामगढवामा बिहीवार बसेको सर्वदलीय बैठकले बृहत छलफलपछि प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरुको मागप्रति ऐक्यवद्धता जनाएको हो । बैठकमा उपस्थित शिक्षक संगठनका प्रतिनिधिहरुले महानगरको शैक्षिक महाशाखाले दरबन्दी मिलानको नाममा व्यक्तिगत लाभ लिएर शिक्षकहरुको अन्यायपूर्ण तरिकाले सरुवा गरिएको बताएका थिए ।
वार्ताको माध्यमले तनावरहित शैक्षिक वातावरणको निर्माण गरि पठनपाठन हुनुपर्नेमा राजनीतिक दलहरुले जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले शैक्षिक क्षेत्र पारदर्शी र नियमतसंगत हुनुपर्ने आवश्यक्ता औँल्याउनुभएको थियो । शिक्षकहरुको असन्तुष्टिले शैक्षिक क्षेत्र सुधार नहुने उहाँको बुझाइ छ ।
बैठकमा नेकपा एमाले पर्साका अध्यक्ष डा. बिश्वमभर शर्मा, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापती रामनारायण कुर्मी, जसपा पर्साका अध्यक्ष रामनरेश यादब, सचिव तबरेज अहमल, जनमत पार्टी पर्साका सहइन्चार्ज मुकेश द्विवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश सदस्य सुदिश प्रजापती र शिक्षक संगठनका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Leave a Reply